23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनउपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो ।

नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गर्नुभएको गीतमा सुभाष तिमिल्सिना, गीता पाण्डे लगायतको स्वर रहेको छ ।

गीतकार उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिनुभयो ।

“सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो”, शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भन्नुभयो, “वीर पुर्खाको योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ” उहांले भन्नुभयो ।

उपप्राध्यापक हेम भण्डारीले सो गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिनुभयो ।

म्युजिक भिडिायो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणता लगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जानकारी दिनुभयो । सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here