24.1 C
Kathmandu
Wednesday, March 11, 2026
Homeआर्थिकएसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता

एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता

Date:

सम्बन्धित खबर

अहंकारको आसन ढल्यो..

२२ फागुन, पोर्चुगल l  चारपटक प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका...

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी...

पिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य मञ्च

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा...

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को...
spot_img

समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन।

प्रतिबद्धता पत्र

१- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।

२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।

३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।

४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।

५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।

६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।

७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।

८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।

९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने। १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने।

भर्खरै प्रकाशित

your adv here