22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeआर्थिकएसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता

एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन।

प्रतिबद्धता पत्र

१- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।

२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।

३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।

४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।

५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।

६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।

७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।

८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।

९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने। १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने।

भर्खरै प्रकाशित

your adv here