22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeआर्थिकमध्यपूर्व संयोजकमा युएइका व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी

मध्यपूर्व संयोजकमा युएइका व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आग्रहलाई स्वीकार्दै मैले तपाईंहरूको साथ सहयोगमा यस एनआरएनए अभियानमा थप सक्रिय हुने योजना बनाएको छु ।’ उनले सिंगो मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरूको साथ सहयोग र अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको बताए ।

मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारीलाई थप सवल र समाजमुखी बनाउनका निमित्त र थप जिम्मेवार महसुस गर्दै आफ्ना घोषणा तथा प्रतिबद्धता तयार गरेका छन् ।

यस्ता छन् श्रेष्ठका प्रतिबद्धताहरू :

१) मध्यपूर्वमा रहेका सम्पूर्ण श्रमिकहरुको हकहितलाइ मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने सो कार्यक्रमले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाइ श्रमिकहरूलाई श्रम शोषण, ठगी र मानव तस्करी विरुद्ध जनचेतना सहितका कार्यक्रम गर्नेछु ।

२) सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निमित्त सहजीकरण गर्ने सामाजिक सुरक्षामा आबद्ध हुँदाका फाइदा र सेवा सुबिधाका बारेमा अभिमुखीकरण कार्यक्रम गर्नेछु ।

३)  राहत तथा उद्दार कार्यका लागि एकदमै तदारुक हुँदै मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरु सँग सहकार्य गरि राहत तथा उद्दार समिति गठन गर्ने साथै बिभिन्न कारणले स्वदेश फर्किने श्रमिकहरुलाई पुनः स्थापनाका निमित्त नेपाल सरकार तथा बैदेशिक रोजगार बिभागसँग समन्वय गर्ने छु।

४) घरेलु कामदार सँगै अन्य बिभिन्न कामदारका रुपमा आउने श्रमिकहरुका निमित्त नेपालमै सीपमूलक तालिम र सामान्य भाषाका तालिमको ब्यबस्था गर्न अन्तराष्ट्रिय समन्वय समिति सँगको सहकार्यमा नेपाल सरकार र सरोकारवाला निकाय समक्ष राखेर कार्यन्वयनमा ल्याउने पहल गर्नेछु ।

५) बैदेशिक रोजगार ऐन २०६४ पूर्णरुपमा कार्यन्वयन गर्न गराउनका निमित्त नेपाल सरकार सहित सरोकारवाला निकायसँग समन्वय तथा आवस्यक थप पहल गर्नेछु ।

६) साँस्कृतिक तथा पर्यटन प्रबर्द्दनका निमित्त मध्यपूर्वमा बिभिन्न कार्यक्रम गर्ने र नेपाल भ्रमणका निमित्त अभिप्रेरित गर्नेछु ।

७) नेपाली कामदारमाथि कार्यक्षेत्रमा हुने विभेद र असमान ज्याला वितरण प्रणाली उपर राज्यको ध्यानाकर्षण गराउने, समान कामको असमान ज्याला दिने व्यवस्थालाई हटाउन सरोकारवाला सँग आवश्यक छलफल गर्ने साथै, न्युनतम ज्याला तोक्न र कार्यान्वयन गराउन नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेछु।

८ ) थोरै बोलेर धेरै काम गरि मध्यपुर्वलाई एनआरएनएको उत्कृष्ट नमुना क्षेत्र बनाउने घोषणा सहित उल्लेखित घोषणालाई कार्यन्वयन गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दछु ।

भर्खरै प्रकाशित

your adv here