14.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeसंगीतएलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ।

नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ ।

गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ ।

उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई देखाउन नपाई समय वितिसकेको थियो ।

मैले आफ्ना बाबा गुमाइ सकेका थिए । त्यही चोट,पिडा यति सम्म बल्झियो कि जस्को कारण “मेरो बाबा” गित भिडियोको सृजना भयो। जस्ले बाबा प्रति को सम्मान समर्पित भावलाइ निकै भावनात्मक शब्द,संगितमा उत्कृष्ट म्युजिक भिडियो बनेको छ।
‘गितले भने जस्तै भिडियोमा कैद भएको दृश्य गायक तथा मोडल एलेक्स शर्माको आफ्नो बास्तबिक जिबनको घटना भएको र वास्तविक जिबनको घटनालाइ भुलाउन गित र म्युजिक भिडियो निर्माण गरिएको’ उनी बताउछन।

‘मेरो मात्र कथा नभएर धेरै छोराहरुको जिवन संग मेल खाने छोराहरुको बाबा प्रति समर्पित गित भिडियो रहेकोले यस भिडियोले धेरै छोराहरुको प्रतिनिधित्व गर्ने आशा लिएको छ ‘उनी सुनाउछन।

म्युजिक भिडियोमा गायन र मोडल स्वयं शर्मा र अर्का मोडल बिजय गजमेरले पहिलो पटक मोडलिङ छेत्रमा उदाएका छन भने लछुमन चौलागाइ, गितान्जलि, बाल कलाकार मिसन न्यौपाने र काब्य कार्कीले अभिनय गरेका छन, भने निर्देशन अमर ओलीले गरेका छन।

भिडियो समाजसेवी दौलत बिक्रम कार्की,नायक शितल केसी, हेम थापा, र पुन्य प्रसाद गौतमबाट सयुक्त रुपमा स्कृन अन गरि सार्बजनिक गरिएको थियो।

भर्खरै प्रकाशित

your adv here