22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeसमाचारपहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यसपालि हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यसपालि हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img


काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ । यसैबीच, बाक्लो हुस्सु कुहिरोका कारण पूर्वी तराईको जनजीवन प्रभावित हुन थालेको छ । केही दिनयता विराटनगर, जनकपुरलगायत क्षेत्रमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हुस्सु कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले त्यस क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् लामिछानेले बताएका छन् । मंसिर महिनाको अन्तिमतिर आएसँगै देशभर चिसो बढेको छ ।

यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो । हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । यसपालि योभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा डिसेम्बर १ तारिखदेखि फेब्रुअरी २८ तारिखसम्मको तीन महिनाको अवधिलाई हिउँदयाम मानिन्छ ।

भर्खरै प्रकाशित

your adv here