23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeसमाचारजनकपुरधाममा धुमधामकासाथ मनाइँदै :आज विवाहपञ्चमी

जनकपुरधाममा धुमधामकासाथ मनाइँदै :आज विवाहपञ्चमी

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् ।

गएको मङ्सिर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय बनेको छ । हरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।

त्रेता युगमा मङ्सिरशुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत्रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।

हिजो जानकी मन्दिरबाट बाजगाजाकासाथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । आज राम र सीताको डोला बीचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो ।

दुवै कार्यक्रमको तयारी पूरा भएको र भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको सहभागिता रहने पनि उहाँले बताउनुभयो । विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ ।

जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ । रङ्गभूमि मैदान ९बाह्रबिघा० मा गएको सोमवारदेखि बनाउन शुरु गरिएको सीतारामको प्रतिमा अस्ति बेलुका सम्पन्न भएको थियो । प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । 

प्रतिमा आज र भोलि पनि हेर्न पाइनेछ । जनकपुरधाममा आवश्यक सुरक्षाको व्यवस्थापन पनि मिलाइएको छ । विवाह पञ्चमीका लागि नेपालका विभिन्न ठाउँ र भारतको उत्तर प्रदेश र बिहार राज्यलगायतबाट नागरिक आउने गर्छन् । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

भर्खरै प्रकाशित

your adv here