24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रकलिउडकरुणासँगको प्रेममा आकाश !

करुणासँगको प्रेममा आकाश !

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं । पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।

यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छ्रैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् ।

न त उनले अस्वीकार गरिन् न त स्वीकार नै । यसबारे सोधिएको प्रश्नमा उनी बोल्न मात्र चाहिनन् । यसलाई आफूले प्राइभेट राख्न खोजेको भन्दै उनले प्रश्न टारिन् । घुमाउरो ढंगले उनले प्रेम सम्बन्धलाई स्वीकारेको बुझ्न सकिन्छ ।

‘सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।

आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् ।

भर्खरै प्रकाशित

your adv here