21.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeविषेश समाचारएनसेलविरुद्ध मुद्दा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा

एनसेलविरुद्ध मुद्दा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी परेको छ ।

गत शुक्रबार दायर भएको उक्त रिट आज लगातार नवौं दिन पेशीमा परेको हो । यसअघि उक्त रिट सदैव पेशीमा परेपनि हेर्न नभ्याईनेमा पर्दै आएको छ ।

सांसद सिंहले गत शुक्रबार सर्वोच्चमा रिट हालेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,नेपाल दूर सञ्चार प्राधिकरण,कम्पनी रजिष्ट्रारको कार्यालय,आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए ।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।

भर्खरै प्रकाशित

your adv here