25.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeआर्थिकशेयर बजार २१ अङ्कले घट्यो, ७ अर्ब ११ करोड रुपैयाँको कारोबार

शेयर बजार २१ अङ्कले घट्यो, ७ अर्ब ११ करोड रुपैयाँको कारोबार

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

शेयर बजार परिसूचक नेप्से आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड ८५ लाख कित्ता शेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

भर्खरै प्रकाशित

your adv here