19.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeआर्थिकशेयर बजार २१ अङ्कले घट्यो, ७ अर्ब ११ करोड रुपैयाँको कारोबार

शेयर बजार २१ अङ्कले घट्यो, ७ अर्ब ११ करोड रुपैयाँको कारोबार

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

शेयर बजार परिसूचक नेप्से आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड ८५ लाख कित्ता शेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

भर्खरै प्रकाशित

your adv here