20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनविश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो ।

गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।

यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा हावाले बज्ने वाद्ययन्त्रहरूको गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन् । आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताउनुभयो ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here