20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeआर्थिक३० अङ्कले घटेर शेयर बजार राताम्मे

३० अङ्कले घटेर शेयर बजार राताम्मे

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

भर्खरै प्रकाशित

your adv here