24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeभिडियोयस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।

भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।

१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । प्रेमगीतको ब्रान्ड भ्यालु चाहिँ रोमान्स नै हो । हिउँले भरिएको मुस्ताङी दृश्य आकर्षक छन् ।

टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

निर्माताले फिल्मलार्ई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार गरेको छ । ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here