21.1 C
Kathmandu
Saturday, May 30, 2026
Homeसमाचारफिल्म‘चपली हाइट ३’ भदौ २५ देखि अस्ट्रेलियामा प्रदर्शन हुने

‘चपली हाइट ३’ भदौ २५ देखि अस्ट्रेलियामा प्रदर्शन हुने

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

गत शुक्रबारदेखि नेपालमा पुनः प्रदर्शन भएको चलचित्र ‘चपली हाइट ३’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा अस्ट्रेलियाको सिड्नीमा चलचित्र प्रदर्शन हुन लागेको हो । बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले चलचित्रलाई प्रदर्शन गर्न लागेका हुन् । सिड्नीहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा पनि चलचित्र प्रदर्शन हुन लागिएको हो ।

गत पुस ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन हुँदाहुँदै कोरोनाको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन स्थगित गरिएको थियो । र त्यसपछि हल खुलेपछि गत फागुन १ गतेबाट चलचित्र पुनः प्रदर्शन भएको थियो । २०७६ सालमा कोरोना महामारीका कारण पनि चलचित्रको प्रदर्शन रोकिएको थियो । धेरै लामो पर्खाईपछि ‘चपली हाइट ३’ प्रदर्शन भएको थियो ।

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ ।

अष्ट महर्जनले चलचित्रको एक्सन दृश्यको कोरियोग्राफी गरेका हुन् । सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ ।नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here