काठमाडौं– न्यूड फोटोशुटको विषयमा अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई प्रहरीले बोलाएको छ। मिडिया रिपोर्ट्सका अनुसार अभिनेता सिंहलाई प्रहरीले २२ अगस्टमा हाजिर हुन बताएको छ।
रणवीरविरुद्ध मुम्बईको एक गैरसरकारी संस्थाले जाहेरी दायर गरेपछि मुम्बई प्रहीका केही अधिकारी शुक्रबार रणवीरको घरमा पुगेका थिए। रणवीरविरुद्ध सामाजिक सञ्जालमा न्यूड फोटो शेअर गर्दै महिलाको भावनाको अपमान गरेको आरोप लगाइएको छ।
एनजीओले दायर गरेको जाहेरीमा रणवीरले आफ्नो न्यूड फोटो सामाजिक सञ्जालमा शेअर गरेर महिलाको भावनामाथि आघात पुर्याउनुका साथै अपमान गरेको आरोप लगाइएको छ।