17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनक्यापिटल क्विन नेपाल भइन् रमिता

क्यापिटल क्विन नेपाल भइन् रमिता

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

यसपालीको क्यापिटल क्विन नेपालको ताज भक्तपुर वोडेकी रमीता भण्डारीले पहिरिन सफल भएकी छिन्, ताजसँगै उनले नेपाल फेसन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा जानको लागी इन्द्री प्याकेज समेत प्राप्त गरेकी छिन् सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा मनिषा मगर फस्ट रनरअप तथा विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भएका छन् । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रमको सातौं संस्करण हो ।

विविध पेशा व्यवसायमा आवद्ध तथा गृहिणी महिलाहरुको प्रतिभा प्रस्फुटनको कार्यक्रम क्यापिटल क्विन नेपाल २०२४ कार्यक्रममा झण्डै दर्जन प्रतियोगीहरूले तिन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडीयोसुट लगायतका विविध विषयहरूमा तालिम लिएका थिए । अवार्ड विजेता चर्चित फेशन कोरियोग्राफर हिमानी सुव्वाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गितमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए। साथै परिचयात्मक चरण, सांस्कृतिक परिधान प्रस्तुती चरण, प्रश्नोत्तर चरण, लिखीत चरण र क्राउनिङ, चरण गरी विविधता पूर्ण ढंगले प्रस्तुत कार्यक्रममा प्रतियोगीहरुले निकै राम्रो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु वितरण गरिएको थियो, जसमा रमिता भण्डारी मोस्ट इन्टिलिजेन्ट, मनिषा मगर वेस्ट फोटोजेनिक र मोस्ट पपुलर, विपुला के.सी. मोस्ट स्मार्ट, जुना भण्डारी वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो, सृष्टि कला सिग्देल मोस्ट ऑप्टिमिस्टीक, रोजी बलोन मोस्ट डिलाइटफुल, रेनु गहतराज मोस्ट चार्मिङ, कोपीला परियार मोस्ट डिलिजेन्ट, सविना ब्लोन मोस्ट डेडिकेटेड, र उर्वशी श्रेष्ठ मोस्ट एयाक्टिम भएका थिए । नायक एवं मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाइ, मिसेस डिभा नेपाल २०२२ हेमा योञ्जन, मिसेस’ नोवेल नेपाल २०२२ शर्मिला थापा र मिसेस डिमा २०२४ सन्तु लामा निर्णायक मण्डल रहेको कार्यक्रम रोजिन शाक्यले सञ्चालन गरेका थिए।

भर्खरै प्रकाशित

your adv here