19.1 C
Kathmandu
Sunday, September 20, 2026
Homeमनोरन्जनभारतमा सत्यकलालाई बलिवुड अभिनेत्री पुनमले प्रदान गरिन उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

भारतमा सत्यकलालाई बलिवुड अभिनेत्री पुनमले प्रदान गरिन उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

मोडल तथा ईभेन्ट डाईरेक्टर सत्यकला तामाङ्ग लामालाई भारतमा यो वर्षको सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ । भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित ग्लोबल स्टार अवार्डमा आयोजित समारोहमा अभिनेत्री समेत रहेकी लामालाई उक्त अवार्ड बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन,आयोजक समिति अध्यक्ष डा.शिखा नरुला,मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उक्त अवार्ड प्रदान गरिएको थियो ।

लामो समयदेखि नेपाली मनोरन्जन क्षेत्रमा सक्रिय एवं थुप्रै म्यूजिक भिडियोको मोडल समेत रहेकी लामालाई देश तथा विदेशमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डिरेक्टरको रुपमा ख्याती कमाएकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक समिति अध्यक्ष डा.शिखाले जानकारी दिईन ।

तामाङ्ग चलचित्रकी लोकप्रिय नायिका सत्यकला एक सफल खेलाडी समेत हुन ।
भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले लामालाई नेपालका लागि यो वर्षको उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनाको भव्य हल सांग्रिला प्यालेसमा सम्पन्न भएको थियो ।
बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here