21.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeअवार्डमहिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन ।

चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनाको भव्य हल सांग्रिला प्यालेसमा सम्पन्न भएको थियो ।

बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यव्यस्तताका कारण समारोहमा उपस्थित हुन नसकेकाले सो अवार्ड काठमाडौं हस्तान्ततरण गरिएको थियो । राष्ट्रिय सेवा सम्मान, महिला आयोगबाट प्रदान गरिने सम्मान लगायत थुप्रै संघ संस्थाबाट सम्मानित श्रेष्ठले महिला उद्यमीका विकासमा महिला चेम्बरमा रहेर अनेकौ उत्कृष्ट कामहरु गर्दै आएकी छिन भने सामाजिक सेवामा समेत सक्रिय उनको कुशल प्रशासकिय क्षमताको सर्वत्र चर्चा हुदै आएको छ ।

भर्खरै प्रकाशित

your adv here