19.1 C
Kathmandu
Sunday, September 20, 2026
Homeमनोरन्जनमिस हिमालय तथा मिसेस हिमालयन आईकन हुदै, पहिलो अडिसन सम्पन्न

मिस हिमालय तथा मिसेस हिमालयन आईकन हुदै, पहिलो अडिसन सम्पन्न

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

काठमाडौै । द हिमालयन प्याजेन्ट तथा एपी व्यूटी पार्लरको संयुक्त आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो संस्करण एवं मिसेस हिमालनय आईकन नेपालका लागि छनौट कार्य शुरु भएको छ । नयां बानेश्वर स्थित एलिनाज बेकरीमा सम्पन्न पहिलो अडिसन सफलता पूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष तथा सौन्दर्यविद अपसना नेवाले जानकारी दिईन ।

करिव डेढ दर्जन ईच्छुक प्रतियोगीहरुको छनौट कार्य सम्पन्न भएको पहिलो अडिसनका निणार्यकहरुमा वरिष्ठ नायक सरोज खनाल,चर्चित नायक सलोन बस्नेत,सुचित्रा श्रेष्ठ,सुशान्तकाजी श्रेष्ठ तथा विजया अधिकारी रहेका थिए ।
विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन ।

पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।
पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की,अभिनेत्री रश्मि भट्ट लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।
विवाहित तथा अविवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा असोज को अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

यस संस्करणमा सल्लाहकार प्रकाश हायु ,कार्यक्रम म्यानेजिङ डाइरेक्टर पूजा बस्नेत मार्केटिङ म्यानेजर सुनिता तामाङ सदस्यहरू विपना खड्का सुजी भण्डारी शोभा भुजेल बिमला तुलाधर रहेका छन।
विजेताले आकर्षक क्राउन सहित मिडिया पव्लिसिटिी, लगायत विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछन । समयअभावका कारण छनौट प्रक्रियामा उपस्थित हुन नसकेका ईच्छुक सहभागीहरुले संस्थाको मोवाईल नम्बर ९८६१७१७८७६ मा सम्पर्क राख्न सकिने छ ।

 

भर्खरै प्रकाशित

your adv here