17.1 C
Kathmandu
Saturday, May 2, 2026
Homeमनोरन्जनअनुष्का,दिशान्त तथा सिमरनले जिते ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’

अनुष्का,दिशान्त तथा सिमरनले जिते ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

ललितपुर ।  नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधी जित्न सफल भएकी थिईन भने ब्वाईजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापा मगरले उपाधी जित्न सफल भएका थिए ।

यसै गरि मस्ट पपुलर तर्फ किड्सबाट सयोना लामा,ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापा मगरले टाईटल जित्न सफल भएका छन ।

यसै गरि किड्सबाट अन्सुमा थापा मगर,ब्वाईजबाट नयन कारन्जित र टिन्स दिया राना मगरले पव्लिक च्वाईसको टाईटल जित्न सफल भएका थिए ।
कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङ्गले प्रस्तुती दिएका थिए । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल,संचारकर्मी अरुणा श्रेष्ठ,एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल योगेश श्रेष्ठको निणार्यक टिमले प्रतियोगीताको निणार्यक भूमिका निर्वाह गरेका थिए ।
किड्स, टिन र व्वायज गरेर ३ क्याटगोरी रहेको प्रतियोगीतामा कक्षा ३ देखि ९ सम्म का प्रतियोगीहरु रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुबाट छनौट भएका विद्यार्थीहरुले ग्राण्ड फिनालेमा आ -आफ्ना प्रस्तुती प्रर्दशन गरेका थिए ।

ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगीताको प्रतियोगीहरुलाई करिव एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षण पश्चात ग्राण्ड फिनालेमा उतारिएको थियो । सुमी बानियाको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दिप भूजेलले गरेका थिए ।
बालवालिकाहरुको लागि नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरुको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सबिना श्रेष्ठले जानकारी दिईन । विजेतालाई विभिन्न संघ संस्थाबाट क्राउन,ट्रफी सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा व्यूटि क्यू टेन प्रोफेशनल तथा कसविज हर्वलको तर्फबाट विजेता तथा अतिथीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

 

भर्खरै प्रकाशित

your adv here