17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोसमीक्षा र श्रीरामको स्वर रहेको ‘ठेकी मदानी’ भिडियो सार्वजनिक

समीक्षा र श्रीरामको स्वर रहेको ‘ठेकी मदानी’ भिडियो सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा ‘ठेकी मदानी’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार बेलुका आफ्नो जन्मदिनको अवसरमा ‘ठेकी मदानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा गायक पौडेल र मोडल आयुष्मा कार्कीले प्रमुख भूमिकामा रहेर अभिनय तथा नृत्य गरेका छन्।

दीपक संगम बिसीको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द तथा संगीत सुमन शर्मा मनगैंयाको हो। श्रीराम पौडेलको यो गायनका हिसाबले पहिलो गीत हो । उनले यसअघि केही म्युजिक भिडियोमा अभिनय भने गरेका थिए।

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशीलताले भोलिको भविष्य निर्माण गर्छ। त्यसैले गतिशील जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले नै गीत ल्याएको हुँ।’

‘ठेकी मदानी’ को भिडिओ निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

गीतका गायक तथा मोडल पौडेलले अन्य केही गीतसमेत ल्याउने तयारी गरेका छन्। पञ्चेबाजा र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने उनले बताए।

भर्खरै प्रकाशित

your adv here