20.1 C
Kathmandu
Sunday, September 20, 2026
Homeभिडियोसमीक्षा र श्रीरामको स्वर रहेको ‘ठेकी मदानी’ भिडियो सार्वजनिक

समीक्षा र श्रीरामको स्वर रहेको ‘ठेकी मदानी’ भिडियो सार्वजनिक

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा ‘ठेकी मदानी’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार बेलुका आफ्नो जन्मदिनको अवसरमा ‘ठेकी मदानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा गायक पौडेल र मोडल आयुष्मा कार्कीले प्रमुख भूमिकामा रहेर अभिनय तथा नृत्य गरेका छन्।

दीपक संगम बिसीको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द तथा संगीत सुमन शर्मा मनगैंयाको हो। श्रीराम पौडेलको यो गायनका हिसाबले पहिलो गीत हो । उनले यसअघि केही म्युजिक भिडियोमा अभिनय भने गरेका थिए।

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशीलताले भोलिको भविष्य निर्माण गर्छ। त्यसैले गतिशील जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले नै गीत ल्याएको हुँ।’

‘ठेकी मदानी’ को भिडिओ निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

गीतका गायक तथा मोडल पौडेलले अन्य केही गीतसमेत ल्याउने तयारी गरेका छन्। पञ्चेबाजा र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने उनले बताए।

भर्खरै प्रकाशित

your adv here