14.1 C
Kathmandu
Monday, May 4, 2026
Homeशिक्षानगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट, स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्दार्थ कटेजमा आयोजित बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू , प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो साथै उक्त परिषद बैठकमा पदेन सदस्यका रुपमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरि, ट्राफिक प्रहरी, नगर प्रहरी आदिको पनि उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एब्म ललितपुर महानगर उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका सम्रक्षक एब्म नगर प्रमुख चिरिबाबु महर्जन , विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरे सहभागी भएका थिए। बैठकमा शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गान तथा स्काउट गीतबाट गरिएको थियो। सोही अवसरमा स्थानीय स्काउट परिषद्को वार्षिक प्रतिवेदन ललितपुर महानगर स्काउटका प्रमुख आयुक्त श्री पवन कोइरालाले प्रस्तुत गर्दै विभिन्न विकास योजनाहरू, सदस्यता वृद्धिका उपायहरू तथा शैक्षिक पहँच विस्तारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। प्रमुख अतिथि महर्जनले स्काउटको भूमिका र यसको प्रभावकारिता बारे चर्चा गर्दै आगामी वर्षहरूमा स्काउट अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक कदमहरूबारे प्रकाश पार्दै ललितपुर महानगर स्काउट कार्यालय तथा ललितपुर महानगर बिच सहकार्य गर्ने धराण ब्यक्त गर्नु भयो। उक्त कार्यक्रममा ललितपुर महानगरका शिक्षा निर्देशक तथा महानगर स्काउटका सदस्य सचिब  देवि प्रसाद उपाध्याय तथा निबर्तमान शिक्षा प्रमुख तथा सदस्य सचिब  महेन्द्र बहादुर क्षेत्रीको पनि उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन श्याम कुमार महर्जनले गर्नुभयको थियो।

कार्यक्रमका अन्त्यमा धन्यवाद ज्ञापन गर्दै परिषद्का अध्यक्ष मञ्जली शाक्य बज्राचार्यले बैठकमा प्रस्तुत भएका प्रस्तावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भर्खरै प्रकाशित

your adv here