20.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeअन्तरराष्ट्रियमेघ सुवेदीले अमेरिकामा स्थापना गरे 'श्याडो सपोर्ट फाउन्डेसन'

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।  फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् ।
कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् ।

निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थाका कार्यक्रम निर्देशक भीम सुवेदीले संस्थाले अघि सारेका कार्यक्रमहरू, नेपाली कला कक्षा, पुस्तकालय पोर्टल, तथा नेपाली भाषा कक्षा सम्बन्धी विस्तृत जानकारी दिएका थिए ।

संस्था वारे थप प्रस्ट पार्दै सुवेदीले भने “श्याडो सपोर्ट फाउन्डेसनले समुदायहरू र सामाजिक विषयमा वैज्ञानिक अनुसन्धान सिद्धान्तहरू अनुसार अध्ययन गर्नेछ । यस अनुसन्धानबाट प्राप्त निष्कर्षहरू फाउन्डेसनको वेबसाइटमा प्रकाशित गरिनेछ, जसले विद्यार्थीहरू र सर्वसाधारणलाई निःशुल्क पहुँच प्रदान गर्ने हाम्रो प्रयास हो ।”
श्याडो सपोर्ट फाउन्डेसन नितान्त परोपकारी, शैक्षिक, स्वास्थ्य, अनुसन्धान तथा सामाजिक सेवाका उद्देश्यले स्थापित गरिएको संस्था हो । यस फाउण्डेसनले अमेरिका र अन्य मुलुकमा सामाजिक सेवा, मानवअधिकार, स्वास्थ्य तथा शिक्षा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य समाजका उपेक्षित समुदायका व्यक्तिहरूलाई आशा प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार गर्नु हो ।

कार्यक्रममा संस्थाका सदस्यहरू रोबिन विष्ट, डिल्लि चाम्लागाई, राधा तिम्सिना, योगेश नेपाल, पाण्डु नेपाल, चन्द्र खड्का र इरी, ह्यारिसबर्ग, ल्यांकास्टर, स्क्रान्टन लगायतका स्थानका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । उनीहरूको समर्पण र प्रतिबद्धताले संस्थालाई अझ मजबुत बनाउने अपेक्षा देखिन्छ ।

भूटानी अमेरिकी समुदायका अगुवाहरू सञ्चमान राई, विकास राई, रुप पोखरेल, ज्ञाम अधिकारी, अशोक राई, टेक रिमाल, गंगा बराल, जीवन सुब्बा, प्रलाद मिश्र, टीबी गुरुङ, कुमार ओदारी, केएन तिम्सिना, र शान्ता शर्माको उपस्थितिसगै मन्तब्यले पनि कार्यक्रमको मुख्य आकर्षण जनाएको थियो । उनीहरूको सहभागिताले संस्थाको उद्देश्यलाई थप बल प्रदान मिलेको चरण सुबेदीले खुशि व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूका जिज्ञासाहरू समाधान गर्न अध्यक्ष मेग सुवेदी, चरन सुवेदी, र रोबिन विष्टले प्रश्नोत्तर सत्र सञ्चालन गरेका थिए । उक्त अन्तरक्रियात्मक छलफलले सहभागीहरूलाई संस्थाका लक्ष्य तथा कार्यक्रमबारे थप जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्‍यो।

संस्थाले हाल सञ्चालनमा ल्याएका प्रमुख कार्यक्रमहरूमा नेपाली भाषा संरक्षण, साहित्य, आधारभूत देखि उन्नत तहसम्मको कम्प्युटर कक्षा, कला तथा चित्रकला कक्षा, युवा नेतृत्व तथा संलग्नता कार्यशाला गर्दै आएको चरण सुवेदीले जानकारी दिएका छन् ।

सशक्त नेतृत्व र प्रतिबद्ध टोलीको साथमा, श्याडो सपोर्ट फाउन्डेसनले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । संस्थाका विविध कार्यक्रमहरूबाट विपन्न तथा उपेक्षित समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। आशाका साथ, श्याडो सपोर्ट फाउन्डेसनले उज्यालो भविष्य निर्माण गर्न महत्वपूर्ण योगदान दिने कुरामा फाण्डेसन सकारात्मक सोच विचार र कर्मका साथ काम गर्ने कुरामा प्रतिवद्ध रहेको छ ।

भर्खरै प्रकाशित

your adv here