21.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeचलचित्रकलिउड‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत खैँजडी रिलिज

‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत खैँजडी रिलिज

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ ।

प्रमोद भण्डारीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, विजिता बर्देवा, देवराज राजबंशी लगायतलाई देख्न सकिन्छ । पूजाको परिवेशमा भिडियोलाई तयार पारिएको छ । यसअघि फिल्मको ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

नर प्रधान (मित्र)को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, अनिश अधिकारी लगायतको पनि अभिनय रहेको छ । पद्मा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।

यसमा शिवम् अधिकारीको लेखन, दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्साउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा फिल्मको छायांकन गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here