20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनआउदो शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक हुदै

आउदो शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक हुदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

पोखरा। आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक गरिने भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो।
भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ।

मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ। गायक/गायिकाहरूले केवल आवाज मात्र होइन, भिडियोमा पनि जीवन्त अभिनयमार्फत आफ्ना भावना अभिव्यक्त गरेका छन्, जसले भजनको दृश्यात्मक प्रभावलाई अझ प्रभावशाली बनाएको छ। पिक स्टुडियोमा रेकर्ड गरिएको यो भजन शुद्धता र श्रद्धाको प्रतीक भएको बताइएको छ।

भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा देखिएका छन्, जसको अभिनयले काठमाडौंका मेयरजस्तै ऊर्जावान र प्रेरणादायी प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ। उनका दृश्यहरू प्रत्येक दर्शकको मनमा गहिरो छाप छोड्ने छन्।

पोखरा, काठमाडौं, र जनकपुरका आध्यात्मिक स्थलहरूमा रेड क्यामराले तीन दिनसम्म छायांकन गरेको भिडियो टेकेन्द्र शाहको सम्पादन र एसके श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको हो। यसमा पवित्रता र भक्ति भावनाको जीवन्त अनुभूति गराइन्छ।

भजनको अडियो केही दिनअघि गण्डकी कोटिहोमबाटै सार्वजनिक गरिएको थियो। अडियो विमोचन विजय कृष्ण मूर्ति महाराज र श्रीमद्भागवत अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाबाट गरिएको थियो। उनीहरूले दिएका आध्यात्मिक आशिष र सन्देशले भजनलाई झन् गहिरो बनाएको छ। ती दृश्यहरू पनि भिडियोमा समावेश गरिएको छ।

शुक्रबार हुने सार्वजनिक कार्यक्रममा गीतकार/संगीतकार एबम निर्देशक , गायक/गायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी तथा भक्तजनहरूको भव्य उपस्थिति रहने अपेक्षा गरिएको छ। भजनको विमोचनले श्रीरामप्रतिको भक्ति, प्रेम र समर्पणको उचाइलाई छुन सक्ने विश्वास लिइएको छ।

निर्माण पक्षका अनुसार, यो भजन हालसम्मकै सबैभन्दा उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। यो गीत केवल संगीतको माध्यम होइन, श्रीरामप्रतिको प्रेम, समर्पण र आध्यात्मिकताको गहिरो संगम हो, जसले प्रत्येक श्रोता-दर्शकको हृदयमा शुद्धता र शान्तिको ऊर्जा प्रवाहित गर्नेछ।

भर्खरै प्रकाशित

your adv here