17.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeमनोरन्जनबिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई विकास बोर्डको आर्थीक सहयोग

बिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई विकास बोर्डको आर्थीक सहयोग

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडाैँ – चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याण कोषले बिरामी चलचित्रकर्मी र अकालमा मृत्यु भएका चलचित्रकर्मीका परिवारलाई आर्थीक रुपमा सहयोग गरेको छ। नेपालको चलचित्र क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुलाई चलचित्र कल्याण कोषले बैशाख १९ गते घर घरमा गएर सहयोग गरेको हो।

चलचित्र कलाकार गोकुल सुवेदीलाई ४० हजार, चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई ५० हजार, चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठ र चलचित्र निर्देशक सन्तोष ढकाललाई १ लाँख रुपैँया सहयोग गरेको चलचित्र विकास बोर्डका अध्ययक्ष दिनेश डि.सीले जानकारी दिए।

उनका अनुसार मृतक चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई काजक्रिया खर्च घरमा गई हस्तान्तरण गरेको हो। उनले भने,’ हामीले चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई पनि घरमा नै गएर दियौँ र उपचारको क्रममा रहनुभएका चलचित्र निर्देशक सन्तोष ढकाललाई अस्पतालमा उपस्थित भई दिएका हौँ। यसरी आफ्नो क्षेत्रका सहकर्मीहरुलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।’

सो वितरणका लागि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री एवं चलचित्र कलाकार संघका संरक्षक वसुन्धारा भुषाल तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here