19.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जन‘असार मास’ गीता, जीवन र स्मिताको सांगीतिक उपहार

‘असार मास’ गीता, जीवन र स्मिताको सांगीतिक उपहार

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

सन्चारकर्मी तथा गीतकार गीता अधिकारीको शब्द रचना,सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ ‘असार मास’ गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा गायिका स्मिता प्रधानले स्वर भर्नुभएको छ भने  संगीत संयोजन राजु कार्कीको रहेको छ ।

यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।’ सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भन्नुभयो, ‘जीवन शर्मासँगको सहकार्यबाट सधैं विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।’ जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहनुभएको छ, उहाँका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पाँच दर्जनभन्दा धेरै गीतमा उहाँले संगीत भर्नुभएको छ ।

गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’ गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘असार मास’ केवल गीत नभएर, माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताउनुभयो ।

भर्खरै प्रकाशित

your adv here