23.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeआर्थिकथाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड स् नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड स् नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो ।

समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।

  • रेशम सापकोटा ले परम्परागत लोकदोहोरी गायनमा उत्कृष्टताको अवार्ड पाए भने,

  • मञ्जु राना मगरलाई उदयीमान मोडल (आध्यात्मिक),

  • वरुणकुमार आचार्यलाई उत्कृष्ट चरित्र अभिनेता,

  • मेघनाथ रेग्मीलाई प्रतिष्ठित ज्योतिषी,

  • अफ्सना नेवा ‘हायु’ : लाई सौन्दर्य तथा मेकअप कलामा उत्कृष्टता,

  • गोपाल ढकाल ‘छन्दे’ : लाई उत्कृष्ट अभिनेता,

  • मन्दिरा सिटौलालाई व्यवसायिक उत्कृष्टता तथा नवप्रवर्तन,

  • ईश्वरी हमाल ठकुरीलाई उदयीमान मोडल,

  • प्रल्हाद चौहानलाई आयुर्वेद अनुसन्धान तथा अभ्यास,

  • रामकृष्ण श्रेष्ठलाई बहुमुखी प्रतिभाशाली गायक,

  • जुजु पोखरेललाई सौन्दर्य तथा मेकअप नवप्रवर्तन (थाइल्याण्ड),

  • हेमराज रसाइलीलाई उदयीमान उद्यमी,

  • पूर्णायु आयुर्वेद अस्पताललाई उत्कृष्ट आयुर्वेद अस्पताल,

  • सन्तोषी कार्कीलाई नवउदयीमान गायिका,

  • गीता उप्रेतीलाई उत्कृष्ट सौन्दर्यकर्मी सम्मान प्रदान गरिएको थियो ।

यस्तै, स्वास्थ्यकर्मी सिकृता वस्ती, युवा व्यवसायी आशुतोष ज्ञवाली र अमिर न्यौपाने, वरिष्ठ चिकित्सक डा. लक्ष्मण पौडेल, साहित्यिक र सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू समेत विशेष सम्मानबाट विभूषित भए ।

कार्यक्रमको सञ्चालन प्रख्यात कलाकार गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए भने, आयोजक संस्था प्याजेन्ट नेपालका प्रमुख राजेन्द्र लुईटेलको सभापतित्व र सेलेब्रेटी मेक अप आर्टिष्ट तथा आयोजक समिति संयोजक टेकराज पाण्डेको संयोजनमा सम्पन्न भएको थियो ।

समारोहका वक्ताहरूले नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई थाइल्याण्डमा भेला गराई सम्मानित गर्नु स्वयंमा गर्वको विषय भएको उल्लेख गर्दै आयोजक टोलीलाई हार्दिक धन्यवाद र बधाई दिए । विज्ञहरूले यसलाई “विदेशमा नेपाली प्रतिभा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने ऐतिहासिक प्रयास”को रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले नेपालको पहिचान, गौरव र क्षमता विश्वसामु उजागर गर्ने भूमिका खेल्ने धारणा राखेका थिए ।

समारोहमा थाइल्याण्ड र नेपालका कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले भव्यतालाई थप रंगीन बनायो ।

यसरी सम्पन्न चौथो संस्करणले नेपाली कला, संस्कृति, साहित्य, चिकित्सा, सौन्दर्य र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य मात्र गरेको छैन, बरु विदेशमा बस्ने नेपाली समुदायलाई मातृभूमिसँग भावनात्मक रूपले जोड्ने एउटा सबल प्रयास पनि गरेको देखिन्छ ।

भर्खरै प्रकाशित

your adv here