19.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeअवार्ड८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५ का दिन आयोजना हुन लागेको ‘८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ का सम्पूर्ण तयारी पूरा भएको आयोजकहरूले बताएका छन्। नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेशन तथा Philip Harmony Orchestra Boulder को संयुक्त आयोजनामा बोल्डर थिएटरमा यहि नोभेम्बर २३, आइतबार साँझ ४ बजेदेखि कार्यक्रम भव्य रूपमा सञ्चालन हुनेछ।

यो अवार्ड समारोहमा सहभागी हुन नेपालबाट वरिष्ठ तथा लोकप्रिय कलाकार, निर्माता र फिल्मकर्मी सहित दुई दर्जनभन्दा बढी चर्चित व्यक्तित्वहरू विशेष अतिथिको रूपमा कोलोराडो आउने भएका छन्। सहभागीमध्ये वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य सम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमीरे (माग्नेबुढा), नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, नायक प्रदिप खड्का र दिलिप रायमाझी, नायिका शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठलगायत थुप्रै कलाकारहरू सहभागिता जनाउनेछन्।

नेपाली मौलिक कला–संस्कृति र नेपाली फिल्म क्षेत्रलाई विश्वभर परिचित गराउने उद्देश्यले आयोजित यस कार्यक्रमलाई भव्य सफल बनाउन कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको सहयोग र सक्रिय उपस्थितिका लागि ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले हार्दिक अनुरोध गरेका छन्। उनका अनुसार, नेपाली प्रतिभा र सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिन यो अवार्ड समारोह ठूलो अवसर बन्नेछ।

कार्यक्रममा सहभागी हुनु निःशुल्क भए पनि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको छ। इच्छुक सहभागीहरूले ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका प्रतिनिधि वा कोलोराडोका सक्रिय नेपाली संघ–संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी प्रवेश पास प्राप्त गर्न सक्ने जनाइएको छ।

‘Nepali Film – Village to Globe’ भन्ने नारासहित सन् २०१६ देखि सुरु गरिएको एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड संसारभर छरिएर रहेका नेपाली चलचित्रकर्मी र कलाकारलाई एउटै मञ्चमा एकत्रित गराउँदै सम्मान, प्रोत्साहन र अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको छ। आयोजकहरूका अनुसार, यस वर्षको समारोह पनि विगतका वर्षझैं कला, संस्कृति र सिर्जनशीलताप्रति समर्पित एक महत्वपूर्ण अन्तर्राष्ट्रिय भेटघाटको रूपमा दर्ज हुनेछ।

भर्खरै प्रकाशित

your adv here