23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जननेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील नेपाल संगीत कल्याण कोषको आयोजनामा नववर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान-प्रदान, वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौंको रामकोटस्थित स्वीजरल्याण्ड पार्कमा शनिबार सम्पन्न भएको कार्यक्रममा नेपाली संगीत क्षेत्रसँग आबद्ध वरिष्ठ तथा नवोदित कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, अतिथि तथा संगीतप्रेमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले एकआपसमा नववर्षको शुभकामना आदान-प्रदान गर्दै नेपाली संगीत क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अनौपचारिक छलफलसमेत गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विभिन्न कलाकारद्वारा प्रस्तुत सांगीतिक प्रस्तुति, लोक तथा आधुनिक गीतसंगीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम रहेका थिए । सहभागीहरूले वनभोज कार्यक्रममार्फत आपसी सम्बन्ध सुदृढ बनाउँदै सहकार्य र सहअस्तित्वको भावना अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए ।

कोषका अध्यक्ष गायक तथा संगीतकार रमेश पाठकले नेपाली संगीत क्षेत्रको समग्र उन्नति, कलाकारहरूको हकहित संरक्षण तथा नयाँ प्रतिभाको प्रोत्साहनका लागि कोष निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले कलाकारहरूबीच आपसी एकता, सहकार्य र सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कलाकार, अतिथिहरू, प्रायोजक, सहयोगी हातहरू तथा सहभागी महानुभावप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा यस्ता रचनात्मक तथा सहकार्यात्मक कार्यक्रम निरन्तर आयोजना गर्दै नेपाली संगीत क्षेत्रलाई अझ सशक्त बनाउने लक्ष्य रहेको अध्यक्ष पाठकले बताउनुभयो । सो अवसरमा विभिन्न प्रतियोगात्मक खेल खेलाइएको थियो जसमा विजेतालाई विशेष पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष गायक रामकृष्ण श्रेष्ठ, संस्थाका सचिव, गायक तथा संगीतकार चेतन राई, सस्थाका सदस्य गायिका मञ्जु लावतीले सांगीतिक प्रस्तुति दिनुएको थियो । कार्यक्रममा कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, कलाकार शिला गजुरेल, नृत्य निर्देशक/कलाकार रवि कार्की, नृत्य निर्देशक टेक लामा, गायक तथा संगीतकार रामकृष्ण थापा, विनोद केसी, अशोक दर्लामी मगर, राजकुमार श्रेष्ठ, सुमन पाण्डे, सुमी लामा, सन्तोशी कार्की, पारस अधिकारीलगायतले सक्रिय सहभागी जनाउनुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here