26.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeमनोरन्जनसंचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ सम्मानित गरिएको छ ।
विगत लामो समयदेखि संचार क्षेत्रमा रहेर विभिन्न लोकप्रिय अनलाईन संचार माध्यम संचालन गर्दै आईरहेका राजलाई प्रमुख अतिथी वरिष्ठ कलाकर्मी निर शाह, विशिष्ठ अभिनेता धिरेन शाक्य, अभिनेता नवल खड्का,वरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतले सम्मान प्रदान गरेका थिए ।

मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सभापति हास्यकलाकार गोपाल ढकाल (छन्दे) प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्य विशेष अतिथि रहेका थिए ।

भर्खरै प्रकाशित

your adv here