20.1 C
Kathmandu
Monday, May 25, 2026
Homeभिडियोविश्व कीर्तिमानि गीतकार डा. डिआरको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल...

विश्व कीर्तिमानि गीतकार डा. डिआरको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं- बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम ।

मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययाको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पणगरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा मलमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्ना सिर्जनालाई सधैँ पृथक तरिकाले सार्वजनिक गर्नुहुने डा. उपाध्यायले ‘ईशा’ एल्बम पनि फरक ढंगले सार्वजनिक गर्नुभएको छ । उहाँले नेपाली गीतसंगीतको फाँटमा अझ धेरै सिर्जना पस्किन सक्नुहोस् शुभकामना दिन चाहन्छु ।’

यस्तै कार्यक्रममा पत्रकार तुलसी गिरीले डा.उपाध्यायले फरक शैलीका कार्यले गर्दा नै यसअघि गीतसंगीत तथा विविध क्षेत्रमा ११० कीर्तिमान राख्न सफल भएको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । यस्तै अन्य अतिथिले पनि नयाँ कार्यका लागि साथै उहाँको नयाँ एल्बमका लागि बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा कीर्तिमानी गीतकार डा.उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि मलमा ठूलो संख्यामा ग्राहकबीचमा विमोचन गरिएको बताउनुभयो ।

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here