27.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeराजनीतिनेताहरु अवसरको खोजीमा

नेताहरु अवसरको खोजीमा

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन ।

राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने नेता देखा परेका छैनन् । अहिले पाँच दलीय गठवन्धनभित्र आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि टिकट बाँडफाँटमा लफडा देखिएको छ । यो पनि स्वार्थको राजनीति हो । सत्ता गठबन्धन एक्ला एक्लै चुनाव लडन डराएर मिलेर चुनावमा जान खोज्नु भनेको पार्टी भित्र बिवाद निम्त्याउनु हो ।

नेपाली काँग्रेस भित्र ठूलै बिवाद देखिन्छ । शेखर कोइराला समूहले बेग्लै भेला बैठक गरिरहेका छन ।सत्ता गठवन्धनका कारण मधेशवादी दल पनि विभाजित हुने अवस्थामा पुगेका छन् ।नेताहरु मुलुकको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागीरहेका छन । सत्ता गठवन्धनमा रहेका मुख्य दलहरूले अहिलेसम्म टिकट बाँडफाँट गर्न नसक्नु लाज मर्दो कुरा हो ।

प्रमुख दल नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको चित्त बुझाउन हम्मे हम्मे परिरहेको छ । पाँच दलीय गठवन्धनभित्रको विवादले एमालेलाई फाइदा पुग्ने देखिन्छ । दलको विकल्पमा अहिले देशभर स्वतन्त्रबाट उठ्ने समूहप्रति युवा आकर्षण बढ्दो अवस्थामा छ । यसको प्रत्यक्ष असर एमाले, कांग्रेस र माओवादीलाई पर्ने देखिन्छ । अब पनि दलहरू व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने जनताले दलको विकल्प खोज्न सक्छन । अब दलहरूले गम्भिर भएर सोच्ने बेला आएको छ ।

भर्खरै प्रकाशित

your adv here