20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिनेताहरु अवसरको खोजीमा

नेताहरु अवसरको खोजीमा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन ।

राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने नेता देखा परेका छैनन् । अहिले पाँच दलीय गठवन्धनभित्र आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि टिकट बाँडफाँटमा लफडा देखिएको छ । यो पनि स्वार्थको राजनीति हो । सत्ता गठबन्धन एक्ला एक्लै चुनाव लडन डराएर मिलेर चुनावमा जान खोज्नु भनेको पार्टी भित्र बिवाद निम्त्याउनु हो ।

नेपाली काँग्रेस भित्र ठूलै बिवाद देखिन्छ । शेखर कोइराला समूहले बेग्लै भेला बैठक गरिरहेका छन ।सत्ता गठवन्धनका कारण मधेशवादी दल पनि विभाजित हुने अवस्थामा पुगेका छन् ।नेताहरु मुलुकको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागीरहेका छन । सत्ता गठवन्धनमा रहेका मुख्य दलहरूले अहिलेसम्म टिकट बाँडफाँट गर्न नसक्नु लाज मर्दो कुरा हो ।

प्रमुख दल नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको चित्त बुझाउन हम्मे हम्मे परिरहेको छ । पाँच दलीय गठवन्धनभित्रको विवादले एमालेलाई फाइदा पुग्ने देखिन्छ । दलको विकल्पमा अहिले देशभर स्वतन्त्रबाट उठ्ने समूहप्रति युवा आकर्षण बढ्दो अवस्थामा छ । यसको प्रत्यक्ष असर एमाले, कांग्रेस र माओवादीलाई पर्ने देखिन्छ । अब पनि दलहरू व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने जनताले दलको विकल्प खोज्न सक्छन । अब दलहरूले गम्भिर भएर सोच्ने बेला आएको छ ।

भर्खरै प्रकाशित

your adv here