17.1 C
Kathmandu
Saturday, May 2, 2026
Homeराजनीतिअब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?

अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

-डा.डिआर उपाध्याय,

लामो समय देखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नु पर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै संकेत देखिदैन । नेपाली काँगे्रसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली काँग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइदैन ।

हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन । उनीहरुलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्नेता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामी लामो समय देखि भोग्दै पनि आएका छौ । अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् । यो एक्काइसौँ शताब्दीको युग हो । जनता नयाँ परिवर्तनको खोजिमा छन । अब जनतालाई छल्ने र ढाँटने जमाना गए । लामो समय देखि बूढा पुस्ताले शासन चलाए तर देश र जनताको भाग्य र भबिश्य चम्किन सकेन । अब देश बनाउने हो भने युवा पुस्तामा सत्ता हस्तान्तरण हुनु पर्छ ।

जुन सुकै दलबाट सत्ताको नेतृत्व गर्दा युवा पुस्ता नै प्राथमिकतामा पर्नु पर्ने आबश्यकता समयको माग भएको छ । अझै पनि नेपाली जनतालाई निराश बनाउने काम राम्रो हुदै होइन । अब एक पटक जनताले युवा पुस्ताले सरकार चलाएको हेर्न चाहेका छन । युवा पुस्तामा देश बनाउने जोस र जाँगर हुन्छ । बूढा पुस्ताको नेतृत्वले देशमा केही गर्न सकेन । अब आश गर्ने कुनै ठाउँ छैन । देशमा उद्योगधन्दा बन्द छन । युवाहरुले स्वदेशमै रोजगार पाउन सकेका छैनन् । युवालाई रोजगारी दिलाउन बूढा पुस्ताको नेतृत्वले सकेन ।

बूढा पुस्ताका नेतृत्वहरुले युवालाई स्वदेशमै रोकेर उन्नतिको बाटोमा साथ दिने, काँधमा काँध हाल्ने जिम्मेवारी बहन गर्नै सकेनन् । त्यसैले अबका दिनमा सत्ताको नेतृत्व बूढा पुस्ताका हातबाट खोसेर युवा पुस्ताको हातमा सुम्पनु पर्छ । बूढो पुस्ताले आजका युवा पुस्तालाई सही बाटो निर्देश गरेर हिँडाउन सकेको भए आज नेपालको अवस्था यस्तै दयनीय अवश्य बन्ने थिएन । हामी सधैँ मागिखाने मात्रै भएर बाँच्न सक्दैनौँ । अब हामीलाई मागिखाँदा आफैंभित्रदेखि लाज हुनुपर्ने थियो । तर अहिलेसम्म शायद कसैलाई पनि लाज भएको छैन ।

पुरानो पुस्ता असफल भइसकेको छ । यस्तो अवस्थामा युवा पुस्तालाई खुशीसाथ सत्ता हस्तान्तरण गर्नु पर्छ । अब पनि हामी गम्भिर भएनौं भने कहिले हुने ? जनताको आबश्यकता पुरा गर्न युवा पुस्ता अघि सर्नु पर्छ । अब युवाहरु काँधमा काँध मिलाएर देश बनाउने बाटोमा हिडनु पर्छ । हामी धेरै पछाडी परिरहेका छौं । यसरी हाम्रो भबिश्य बन्दैन । अब सबैले सोच्नु पर्ने भएको छ । अब यो देश बनाउनेजिम्मा युवा शक्तिलाई दिनु पर्छ ।

भर्खरै प्रकाशित

your adv here