20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिमर्न दिनु हुदैन जनतामा पलाएको आशा

मर्न दिनु हुदैन जनतामा पलाएको आशा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय,

नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनु पर्छ । जनताआशावादी हुनु भनेको राम्रो संकेत हो ।नयाँ सरकार सामु अबसर संगै चुनौति पनि छन । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति चिन्तित बन्नु पर्ने बेला आएको छ ।

राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिले सम्म दलका हर्ताकर्ताहरुले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर्दा पनि देश बन्न नसकेको हो । अब त्यस्तो हुन दिनु हुदैन । मुलुकलाई बिकास र समृद्धिको यात्रामा अघि बढाउन सबैले आ आफनो ठाउबाट सहयोग गर्नु पर्छ । देश बनाउने भनेको मिलेर हो । अब सरकारले चुनावका बेला जनतालाई दिएका आश्वासन र प्रतिबद्धता कार्यान्वयनमा देखाउनु पर्छ ।

जनताले खोजेको कुरा नै यो छ अहिले । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै छ । बेरोजगारलाई रोजगार दिनु राज्यको कर्तब्य हो । राज्यले यो कुरामा बिशेष ध्यान दिनु पर्ने आबश्यकता छ । स्वदेशमा काम नपाएपछि आफ्नो जहानपरिवार पाल्नका लागि धेरै युवाहरु बाध्यात्मकरूपमा विदेसिनुपर्ने अवस्था छ । गाउँघरमा वृद्ध आमाबाबु बाहेक अरु बस्न छोडे । यो ठूलो समस्या हो । देशमा सामान्य जीविकोपार्जन गर्न सकिने अवस्था सिर्जना गरेर राज्यले चमत्कार देखाउन सके सबै खुशि हुने थिए । युवाशक्ति विदेसिनाले देशमा जनशक्तिको अभाव भइरहेको छ । रहरले कोही खाडी मुलुक गएका छैनन् त्यो सब बाध्यात्मक हो । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने बातावरण मिलाउनु पर्छ । सधै भरी मुलुक यस्तै अबस्थामा रहन सक्दैन । बिकाश र समृद्धि आजको आबश्यकता हो ।

अब सरकार गम्भिर भएर अघि बढनु पर्छ । अब कुरा गरेर होइन, काम गरेर देखाउनु पर्छ । जनताले परिणाम खोजेका छन । अब सरकारले स्वरोजगारका सम्भाव्यताको खोजी गर्नुपर्छ । पढे लेखेका अधिकांश युवा काम नपाएर सडकमा भौतारीरहेको हामीले देखिरहेका छौ । बेरोजगारी समस्या भनेको ठूलो समस्या हो । यो समस्या छिटो हल गदैं जानु पर्छ । समस्या आउछन तर ती समस्या संग डटेर अघि बढने आँट र साहस गर्नु पर्छ । बर्तमान सरकार देश प्रति गम्भिर भएको देखिन्छ । तर काम गदै जादा यो सरकारको गति कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ । अब सरकारले गतिका साथ काम गरेर जनतालाई परिणाम दिनु पर्छ ।

भर्खरै प्रकाशित

your adv here