20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जन‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न

‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौँ — एएनपी मिडिया हाउसको आयोजनामा बाह्रौँ संस्करणको ‘नेपाल्स लिटिल आईकन, २०२३’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जुनियर गर्ल्स’ सिनियर गर्ल्स, टीन गर्ल्स र बोईज समूहका मुख्य बिजेता घोषित भए ।

जुनियर गर्ल्सु समूहतर्फ आरोही लोहोनी, सिनियर गर्ल्स समूहतर्फ बिशेषता महत, टीन गर्ल्स समूहतर्फ मिनल केसी र बोईजु समूहतर्फ आयंश ज्ञवालीले प्रतियोगिताको शिर्ष ताज आफ्नो हातमा पार्न सफल भए।

प्रतियोगिताको जुनियर गर्ल्सु तर्फ लोहनीले शिर्ष ताजसंगै विधागत तर्फको पब्लिक चोईस, मस्ट फोटोजेनिक र फेसबुक चोईस अवार्ड हात पार्दा फर्स्ट रनरअप रिजु सुनुवारले विधागत तर्फको मिस पर्फेक्ट अवार्ड आफ्नो पोल्टामा पारिन। त्यस्तै दिनिका पुडासैनीले सेकेन्ड रनर अपसंगै ब्यूटीफूल आईज, अंकिता मरासेनी थर्ड रनर अप र बेस्ट स्पीच, चाँदनी उप्रेती फोर्थ रनर अपसंग र मस्ट डिसिपिलिन, प्रतिभा भट्ट मस्ट पपुलर र मस्ट चार्मिङ, चाहना क्षेत्री पब्लिक चोईस र बेस्ट डान्स अवार्ड विजेता घोषित भए।

सिनियर गर्ल्सु समूहतर्फ बिशेषता महतले शिर्ष ताजसंगै बेस्ट पर्सनालिटीको अवार्ड हात पारिन भने फर्स्ट रनर अप दिव्यांश्री ढुंगाना घोषित भईन। ढुंगानाले ताजसंगै ब्यूटीफूल आईजको अवार्ड जितिन। सुप्रिया फुयालले सेकेन्ड रनरअपसंगै पब्लिक चोईस र मस्ट कन्फिडेन्ट, जस्मिन श्रेष्ठले थर्ड रनरअपसंगै बेस्ट डान्स सैजल श्रेष्ठले मस्ट पपुलर र मस्ट ट्यालेन्टेडको अवार्ड हात पारिन।

यस्तै ‘टीन गर्ल्स’ समूहतर्फ मिनल केसीले शिर्ष ताजसंगै विधागत तर्फको मस्ट ब्यूटिफुल र मस्ट डिजर्भिङको अवार्ड हात पारिन भने सबिशा उप्रेतीले सेकेन्ड रनर अपको ताजसंगै बेस्ट पर्सनालिटी र मिस पर्फेक्ट अवार्ड हात पारिन। सिमा तामाङ्गले सेकेन्ड रनर अपको ताजसंगै मस्ट फोटोजेनिक र ब्यूटीफूल आईजको अवार्ड हात पारिन भने शिखा श्रेष्ठले मस्ट पपुलर र मस्ट डिसिपिलिन, सुजिन थापा मगरले पब्लिक चोईस र बेस्ट आर्टवर्क तर्फको अवार्ड हात पार्न सफल रहे।

सुमी बानियाँको कोरियोग्राफीमा प्रनिमा दाहालले संचालन गर्नुभएको उक्त प्रतियोगिताको ‘बोईज’ समूहतर्फ आयंश ज्ञवालीले शिर्ष ताजसंगै विधागत तर्फको मस्ट कन्फिडेन्ट, बेस्ट आर्टवर्क र फेसबुक चोईसको अवार्ड हात पार्न सफल रहे। प्रज्वल खतिवडाले फर्स्ट रनर अपसंगै मिस्टर र्याम्पवाक र बेस्ट स्पीच, कृतज्ञ नेपालले सेकेन्ड रनर अपसंगै पब्लिक चोईस र मस्ट ट्यालेन्ट, सुहान थापा मगरले मस्ट पपुलर र बेस्ट सिङ्गिङतर्फको अवार्ड हात पारे।

प्रतियोगितामा शिक्षाविदहरु भवानी प्रसाद पौडेल,निरोज महर्जन, हरिकृष्ण श्रेष्ठ, वरिष्ठ संचार व्यबसायी तथा एडि रिजिजका प्रमुख हरि शरण सुवेदी, समाजसेवी रिंकु बज्राचार्य श्रेष्ठ निणार्यक मण्डलमा रहेका थिए ।

बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत बाह्र वर्षदेखि लगातार ‘नेपाल्स लिटिल आईकन’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए । कार्यक्रमका प्रतियोगीहरुको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो भने कार्यक्रमको कोअर्डिनेटरमा शम्भु रेग्मि र व्यबस्थापनमा लोमस कार्की रहेका थिए ।

भर्खरै प्रकाशित

your adv here