17.7 C
Kathmandu
Wednesday, April 15, 2026
Homeअवार्ड‘बेस्ट सर्ट फिल्म अफ द इयर’ अवार्ड लघुचलचित्र बेलुनलाई

‘बेस्ट सर्ट फिल्म अफ द इयर’ अवार्ड लघुचलचित्र बेलुनलाई

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाण्डौ – वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ ।

यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । अवार्ड वितरण कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आइतबार सम्पन्न भएको हो । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताउनु भयो ।

पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह समेत गर्नु भयो । अवार्ड वितरण तथा सम्मान कार्यक्रममा निर्णायकका तर्फबाट बोल्दै चलचित्र निर्देशक प्रणय लिम्बुले उत्कृष्ट र सर्वोत्कृष्ट लघुचलचित्र, वृत्तचित्र तथा भिडियोलाई छनोटमा सबैलाई न्याय गरेको बताउनु भयो । अवार्डमा दर्ता भएका एक सय २० वटा लघुचलचित्र तथा वृत्तचित्रलाई लामो समयसम्म निणार्यक समुहमा छलफल गरेर छनोट गरिएकाले साच्चै उत्कृष्ट हुनु पर्नेलाई उत्कृष्ट बनाएका छौँ उहाँले भन्नु भयो ।

सर्वोत्कृष्ट र उत्कृष्ट लघु चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । यस्तै आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा हुनुहुन्थ्यो । चलचित्र निर्देशक तथा गीतकार यादव खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र अतिथिहरुमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङलगायतको उपस्थिती थियो ।

सोसल मिडिया फिल्म अवार्ड २०७८ विजेता सूची

१. उत्कृष्ट सर्ट फिल्म
बादलको गीत

२. उत्कृष्ट निर्देशक
अंकित पौडेल (बादलको गीत)

३.  उत्कृष्ट सम्पादक
दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

४. उत्कृष्ट स्क्रिनप्ले
बालोन (जोन योन्जोन)

५. उत्कृष्ट सिनेमेटोग्राफर
राजेन्द्र पाल (भबिहिन)

६. उत्कृष्ट ध्वनि डिजाइन
किशोर आचार्य (बादलको गीत)

७. उत्कृष्ट अभिनेता
हिमाल खड्का (पेन्सिल)

८. उत्कृष्ट अभिनेत्री
काव्य आचार्य (रत्नपार्क)

९.उत्कृष्ट स्वदेशी फिल्म
के (सागर केरुङ)

१०. उत्कृष्ट दस्तावेज
लाडी पूजा (विन्दु कुमारी माझी)

११. बेस्ट युट्युब भिडियो
कोरोना हर्णे देवी (अशोक बस्नेत)

१२. उत्कृष्ट भ्लग
खोटाङ टेम्के भ्लग (उमेश राई)

१३. उत्कृष्ट एनिमेटेड भिडियो
सियाल र सिंह को कथा (बिशाल लोहानी)

१४. उत्कृष्ट देशभक्ति संगीत भिडियो
एक्स ब्यान्ड, मातो पानी (शिव मुखिया)

१५.सर्वश्रेष्ठ सामाजिक भिडियो
राहराई भो (उत्सव केसी)

१६. प्रोत्साहन पुरस्कार
छोरी (सुरेन्द्र थापा)

१७. उत्कृष्ट चलचित्र निर्माता महिला
गंगा (मेरोन राज भण्डारी)

१८.उत्तम सन्देश
कलुवा (अम्बिका भण्डारी)

१९. क्रिएटिभ फिल्म अफ द इयर बालुन
बालोन (जोन योन्जन)

२०. जूरी पुरस्कार
नाफुलेको फुल

२१.जुरी अवार्ड (स्वदेशी फिल्म)
मोहिनी नखा

२२. उत्कृष्ट चलचित्र बाल विषयवस्तु
पेन्सिल

भर्खरै प्रकाशित

your adv here