20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारनायक भण्डारीको पहलमा समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

नायक भण्डारीको पहलमा समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

समाजसेवी मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले झापा जिल्लामा न्यून आय भएका एक हजार भन्दा वढि र पर्सा जिल्लाका ग्रामिण भेगका दलित र न्यून आय भएका ४०० भन्दा वढि विद्यार्थीहरुलाई नायक संजित भण्डारीको संयोजकत्वमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तराईका विभिन्न जिल्लाका विद्यालयमा पोशाक वितरण गरिएको उक्त कार्यक्रममा सखुवा प्रसौतीका मेयर यसवन्त यादव तथा सहयोगी संस्थाका प्रतिनिधिको रुपमा नायक संजित भण्डारी सहित स्वेता केसी,डिआर सिग्देल, सपना श्रेष्ठ, रक्षा घिमिरे,शंकर कार्की, अवी सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

दलित वाल वालिकाहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्न वाध्य हुने गरेकाले यस्तो अवस्थामा त्यस्ता वाल वालवालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि तथा नायक संजित भण्डारीले जानकारी गराए । यसैगरि केहि दिनमै नवलपरासीका विभिन्न स्थानहरुमा पनि यसै संस्थाबाट विभिन्न सहयोग लिएर वितरणका लागि जाने तयारीमा रहेको कुरा उनले बताए ।
कार्यक्रममा उपस्थिती व्यक्तित्वहरुले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको आवश्यकता अनुसार सहयोगका लागि सक्रिय रहने समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।


झापा जिल्लाका विभिन्न स्थानमा सहयोग वितरण गरिने कार्यकमका लागि अवी सुवेदीले व्यबस्थापकीय जिम्मेवारी लिएका थिए भने पर्सामा गरिएको कार्यक्रममा पिस नेपालले कार्यक्रम व्यबस्थापन गरेको थियो ।
हाल अमेरिका वस्दै आएक सुवेदी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
नेपालमा भैरहने दैवि प्रकोपबाट पिडित भएकाहरुलाई तत्तकालै राहत पुर्याउनका लागि निरन्तर लागि पर्दै आएका अमेरिका निवासी समाजसेवी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन । झापाकै बाहुनडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

भर्खरै प्रकाशित

your adv here