17.8 C
Kathmandu
Thursday, April 16, 2026
Homeमनोरन्जनम्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन"सम्पन्न

म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

म्युजिक भिडियोमा अभिनय  गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको“छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा  मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा केसी“उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाकार बिनोद श्रेष्ठ, बरिष्ठ कलाकार सरु बिस्ट, बरिष्ठ कलाकार सगुन श्रेष्ठ, कलाकार रञ्जन रिजाल, उत्कृष्ट सदस्य सनम कठायत आदीलाई सम्मान गरिएको थियो ।

म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” बाट सम्झना बुढाथोकी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् भने बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम (निर्बिरोध निर्वाचित), उपाध्यक्ष पदमा शिवन पोखरेल (अत्याधिक मतले बिजयी), महिला उपाध्यक्षमा मञ्जिता केसी (निर्बिरोध निर्वाचित), महासचिवमा सुनिल लामिछाने (पुनः निर्बिरोध निर्वाचित), सचिवमा बिमल अधिकारी (२ मतले बिजयी), महिला सचिवमा सारिका केसी (निर्बिरोध निर्वाचत), कोषाध्यक्षमा देबेन्द्र क्षत्री (निर्बिरोध निर्वाचित) भएका छन् । त्यस्तै खुल्ला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् भने महिला सदस्यहरुमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।

उपाध्यक्ष पद, सचिव पद, खुल्ला सदस्य पद र महिला सदस्य पदमा सहमती हुन नसकेपछि मतदान गरिएको थियो भने अन्य पदहरुमा भने निर्बिरोध निर्वाचित भएका थिए । निर्वाचन समितीको संयोजकका रुपमा अधिवक्ता सेमन्तमणी खराल रहेका थिए भने बाबुराजा केसी “उज्जवल”, हरी डाँगी, हुम गैरे लगायत अन्य ब्यक्ति निर्वाचन समितीका सदस्यका रुपमा रहेका थिए ।

भर्खरै प्रकाशित

your adv here