20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारगायक युनिक केसीको ‘बाबा’ सार्वजनिक(भिडियो)

गायक युनिक केसीको ‘बाबा’ सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।
बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।
म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ ।

भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,रुपेश लामा र आलोक चौरेलीले अभिनयमा साथ दिएका छन । संजय अधिकारीको कलर/ सम्पादन रहेको भिडियोलाई उत्तम हुमागांई टिमको छायांकन रहेको छ ।
समाजसेवामा सक्रिय गायक केसीका केहि गीतहरु बजारमा आउने तयारीमा रहेको छ ।

‘सानैदेखि गीत संगीतमा रुची भए पनि समय अभाव र कार्य व्यस्तताले दर्शक श्रोताका नजरमा पर्न सक्ने गीतहरु बजारमा ल्याउन पाएको थिईन, अव यसलाई निरन्तरता दिनेछु’ उनी भन्छन । दर्शक श्रोताका चाहना अनुसारका गीतहरु ल्याउने छु ‘उनले भने ।

भर्खरै प्रकाशित

your adv here