29.1 C
Kathmandu
Tuesday, May 26, 2026
Homeआर्थिकनेपाल महिला चेम्बरको तीज मेला

नेपाल महिला चेम्बरको तीज मेला

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’  को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको उक्त एक दिने मेलामा साङ्गीतिक कार्यक्रम, फेसन सो नृत्य लगायतका कार्यक्रम समावेश गरिएकाे थियो । कार्यक्रममा गायिकाहरु रेखा शाह, सुजाता केसी, पुनम काफ्ले,सावित्रा भुजेल लगायतले आकर्षक प्रस्तुती दिएका थिए ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ हुन भने उनी नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत छिन ।

भर्खरै प्रकाशित

your adv here