23.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeसमाचार‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

जिन्दगी यस्तै त हो कान्छा      

जिन्दगी यस्तै त हो कान्छा
उमेर चढ्दै गएपछि

सन्तान परदेशिएपछि
रुखोसुखो घर कटेरामै

बाँधिएपछि
बिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छ
उठ्यो–लड्खडाएर फेरि हिँड्यो
यस्तै त छ हो कान्छा
यो जिन्दगी

बाउबाजेको बिँडो थामी खाको
कहिलेकाहीँ त लाग्छ
पुरानो बिग्रेको मोटरजस्तो
एउटा चक्का पञ्चर हुन्छ
टाल्यो काम चलायो
घरिघरि हावा खुस्किन्छ
बनायो फेरि स्लिप खान्छ
स्टेरिङ नै बटारिने गरी
ठोकठाक गरेर दगुर्यायो
फेरि कहिले त
अँध्यारोमा हेड लाइट नै बल्दैन
गुलुब जलेछ भन्यो
मधुरो साइड लाइटले
जेनतेन बाटो धान्यो
लोडसेडिङ हो क्यारे
झ्याप्प–झ्याप्प बत्ति जाने
टुकी बालेर अलि–अलि फुटेको
निक्कै पहिला नेपाल शहर जाँदा
छोराले हाल्देको
पावरको चश्माले काम चलाएजस्तै
अलिक अप्ठेरो बाटोमा त
जिउ पनि हल्लिन्छ
एक नम्बर गियरमा हिँड्दा पनि,
पुरानो मोटरको
हर्न बाहेक सबै बजेजस्तो
शायद–
उमेरले थिचेपछि
व्यवहारले किचेपछि
समस्याहरुले चाउरिएपछि
ढोकाहरु पनि बन्द हुन्छन्
पुरानो मोटरको ढोका
स्टार्ट गर्न तम्सिँदा नखुलेजस्तै
उ त्यहाँ पर घुम्तीको दोकाने साहिँलीले पनि
उधारो माग्छ भनेर हो कि
किन हो ?
देख्ने बित्तिकै मुण्टो बटार्छे
र एक्लै फत्फताउँछे
साँझमा त उधारो पनि मिल्दैन
होला–आफ्नो आफ्नै रिती
घरमा चामल र बेसार थिएन
छोराहरु अम्रिका बसेर के भो र ?
यसो जाडोमा–निगारको तलतलले
आधा तोङ्बा तानुँ कि भनेर
तिनघरे कान्छीकोमा
छिरेको मात्रै
सितन बिनाको तोङ्बा बात है
सुनेपछि लाग्यो कान्छा यो जिन्दगी
बिग्रेको बाटोमा पुरानो मोटर
लड्खडाएर चल्दोरैछ
तेल सकिनै लागेको टुकीजस्तै
निभ्न–निभ्न खोजेर पनि
धिपधिपाएर बल्दोरैछ ।
धिपधिपाएर बल्दोरैछ ।।

-कवि युवराज अधिकारी

भर्खरै प्रकाशित

your adv here