17.1 C
Kathmandu
Friday, May 1, 2026
Homeमनोरन्जनसराना निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

सराना निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ ।

पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ ।

मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ ।

मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। ।

यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो ।
क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशनसँगै परिकल्पना सराना श्रेष्ठले गरेकिछन् भने कोरियोग्राफी सराना र सन्तोष राजवाहक, छायांकन उत्तम हुमागाईं, छायांकन निर्देशन हरि हुमागाईं, सम्पादन र कलर प्रवीण श्रेष्ठ, भीएफएक्स राजेश शाह र कला जटा शंकरको रहेको छ।

भर्खरै प्रकाशित

your adv here