17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनसराना निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

सराना निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ ।

पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ ।

मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ ।

मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। ।

यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो ।
क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशनसँगै परिकल्पना सराना श्रेष्ठले गरेकिछन् भने कोरियोग्राफी सराना र सन्तोष राजवाहक, छायांकन उत्तम हुमागाईं, छायांकन निर्देशन हरि हुमागाईं, सम्पादन र कलर प्रवीण श्रेष्ठ, भीएफएक्स राजेश शाह र कला जटा शंकरको रहेको छ।

भर्खरै प्रकाशित

your adv here