17.8 C
Kathmandu
Thursday, April 16, 2026
Homeसमाचारपहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यसपालि हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यसपालि हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img


काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ । यसैबीच, बाक्लो हुस्सु कुहिरोका कारण पूर्वी तराईको जनजीवन प्रभावित हुन थालेको छ । केही दिनयता विराटनगर, जनकपुरलगायत क्षेत्रमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हुस्सु कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले त्यस क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् लामिछानेले बताएका छन् । मंसिर महिनाको अन्तिमतिर आएसँगै देशभर चिसो बढेको छ ।

यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो । हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । यसपालि योभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा डिसेम्बर १ तारिखदेखि फेब्रुअरी २८ तारिखसम्मको तीन महिनाको अवधिलाई हिउँदयाम मानिन्छ ।

भर्खरै प्रकाशित

your adv here