20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदअन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

मलेसियाको पेनाङमा भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । पुरुष ५७ केजीमा छिरिङले सिङ्गापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कास्यमा सीमित भएका छन् ।

भर्खरै प्रकाशित

your adv here