23.1 C
Kathmandu
Thursday, May 21, 2026
HomeUncategorizedभर्जिनियामा इन्द्रेणीको दोहोरी साँझ, कृष्ण कँडेल र निशा सुनारको बेजोड प्रस्तुति

भर्जिनियामा इन्द्रेणीको दोहोरी साँझ, कृष्ण कँडेल र निशा सुनारको बेजोड प्रस्तुति

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो ।

रूशा इन्टरप्राइजेजको प्रस्तुतिमा आयोजित उक्त लोक दोहोरी साँझ कार्यक्रम खचाखच भिड रहेको थियो । छोटो समयको आह्वानमा आयोजित कार्यक्रममा दर्शकहरु उभिएर र भुईमा बसेर समेत इन्द्रेणीका संस्थापक तथा संचालक प्रसिद्ध लोक गायक स्वयम कृष्ण कंडेल र चर्चित लोक गायिका निशा सुनार बीच दोहोरी परेको थियो ।
दुवैले लगातार एक घण्टा सम्म उपस्थित दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्नुको साथै दर्शकहरुले मन थाम्न नसकी कुर्सीबाट उठि बीच बीच मै खाली ठाउँमा नृत्य गरेका थिए

कृष्ण कँडेल तथा निशा सुनारको बेजोड प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । सबै एक टक लाएर हेरी रहेका थिए । १५ बर्ष अगाडी नेपालमा संचालित लोकप्रिय कार्यक्रम हेर्न ज्यादा पहिलो पुस्ता र बिशेष गरि संचार माध्यमबाट इन्द्रेणी कार्यक्रम हेरी रहने बुवाआमा ,हजुरबुवा हजुरआमाको साथै दोश्रो पुस्ताको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भ बिशेष भिन्न प्रकारबाट प्रस्तुति र कलाकारहरुको प्रवेश पनि पृथक रुपमा गराईएको थियो । दोहोरी साँझको लागि बाल्टिमोरबाट बिशेष सांगीतिक टोलीहरुले कृष्ण कँडेल तथा निशा सुनारलाई साथ दिएका थिए ।

कार्यक्रमको प्रारम्भमा वरिष्ठ लोक गायक राम प्रसाद खनाल तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले गीत प्रस्तुत गरेका थिए ।

वरिष्ठ लोक गायक प्रेम राजा महतको प्रस्तुतिमा मंच अगाडी नै आई दर्शक झुमेका थिए । साथै न्यूयोर्कमा बसोबास गर्दै आएकी निशा सुनारले बिदेशी नभन भन्ने प्रकाश सपुत संग गएको गीत तथा पुरानो मिश्रित गीतहरु प्रस्तुती गरेकी थिइन् ।

कार्यक्रम बीच दोहोरी सुरु हुन् अगाडी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने प्रायोजकहरुलाई लोक गायक कृष्ण कँडेलले रसम्मान पत्र प्रशंसा पत्र वितरण गरेका थिए । डिसी क्षेत्रमै बसोबास गर्ने चर्चित कार्यक्रम कार्यक्रम प्रस्तोता सरोज केसी तथा रूशा केसीले उखान टुक्का सहितको अत्यन्तै बेजोडको कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम मनासस शहरकै व्यवसायी तथा पत्रकार निदेश अधिकारी,घर खरिद तथा बिक्री अभिकर्ता (रियलटर) गणेश पाण्डे र मिलन गोर्खालीको संयोजनमा कार्यक्रम भएको थियो ।

भर्खरै प्रकाशित

your adv here