19.5 C
Kathmandu
Sunday, March 23, 2025
HomeUncategorizedभर्जिनियामा इन्द्रेणीको दोहोरी साँझ, कृष्ण कँडेल र निशा सुनारको बेजोड प्रस्तुति

भर्जिनियामा इन्द्रेणीको दोहोरी साँझ, कृष्ण कँडेल र निशा सुनारको बेजोड प्रस्तुति

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो ।

रूशा इन्टरप्राइजेजको प्रस्तुतिमा आयोजित उक्त लोक दोहोरी साँझ कार्यक्रम खचाखच भिड रहेको थियो । छोटो समयको आह्वानमा आयोजित कार्यक्रममा दर्शकहरु उभिएर र भुईमा बसेर समेत इन्द्रेणीका संस्थापक तथा संचालक प्रसिद्ध लोक गायक स्वयम कृष्ण कंडेल र चर्चित लोक गायिका निशा सुनार बीच दोहोरी परेको थियो ।
दुवैले लगातार एक घण्टा सम्म उपस्थित दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्नुको साथै दर्शकहरुले मन थाम्न नसकी कुर्सीबाट उठि बीच बीच मै खाली ठाउँमा नृत्य गरेका थिए

कृष्ण कँडेल तथा निशा सुनारको बेजोड प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । सबै एक टक लाएर हेरी रहेका थिए । १५ बर्ष अगाडी नेपालमा संचालित लोकप्रिय कार्यक्रम हेर्न ज्यादा पहिलो पुस्ता र बिशेष गरि संचार माध्यमबाट इन्द्रेणी कार्यक्रम हेरी रहने बुवाआमा ,हजुरबुवा हजुरआमाको साथै दोश्रो पुस्ताको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भ बिशेष भिन्न प्रकारबाट प्रस्तुति र कलाकारहरुको प्रवेश पनि पृथक रुपमा गराईएको थियो । दोहोरी साँझको लागि बाल्टिमोरबाट बिशेष सांगीतिक टोलीहरुले कृष्ण कँडेल तथा निशा सुनारलाई साथ दिएका थिए ।

कार्यक्रमको प्रारम्भमा वरिष्ठ लोक गायक राम प्रसाद खनाल तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले गीत प्रस्तुत गरेका थिए ।

वरिष्ठ लोक गायक प्रेम राजा महतको प्रस्तुतिमा मंच अगाडी नै आई दर्शक झुमेका थिए । साथै न्यूयोर्कमा बसोबास गर्दै आएकी निशा सुनारले बिदेशी नभन भन्ने प्रकाश सपुत संग गएको गीत तथा पुरानो मिश्रित गीतहरु प्रस्तुती गरेकी थिइन् ।

कार्यक्रम बीच दोहोरी सुरु हुन् अगाडी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने प्रायोजकहरुलाई लोक गायक कृष्ण कँडेलले रसम्मान पत्र प्रशंसा पत्र वितरण गरेका थिए । डिसी क्षेत्रमै बसोबास गर्ने चर्चित कार्यक्रम कार्यक्रम प्रस्तोता सरोज केसी तथा रूशा केसीले उखान टुक्का सहितको अत्यन्तै बेजोडको कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम मनासस शहरकै व्यवसायी तथा पत्रकार निदेश अधिकारी,घर खरिद तथा बिक्री अभिकर्ता (रियलटर) गणेश पाण्डे र मिलन गोर्खालीको संयोजनमा कार्यक्रम भएको थियो ।

भर्खरै प्रकाशित

your adv here