23.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeचलचित्रदरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने तयारी

दरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने तयारी

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

दरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माण घोषणा गरिएको हो । सबिन कुमार तोलांगी डेब्यु निर्देशित फिल्ममा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी, सिम्रन पन्त र मिस पविलगायत कलाकारको अभिनय रहने छ।

करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरू गरिनेछ। त्यसपछि न्युजिल्यान्ड र नेपालमा फिल्मको छायांकन हुनेछ। फिल्मलाई पुरुषोत्त प्रधानले छायांकन गर्नेछन्।

ऋषि लामिछाने कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्नेछन्।

भर्खरै प्रकाशित

your adv here