17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारप्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल,सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल,सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मुख्यगरी सङ्क्रमणकालीन न्याय (टीआरसी) को विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि हुनुुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । भोलि फेरि बैठक बस्नेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर विधेयक आउँदो सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी छ । २०६३ साल मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । तर १७ वर्ष बितिसक्दा पनि यो विषय सुल्झिन सकेको छैन ।

यस अवधिमा गठित सत्य निरूपण अनि बेपत्ता छानबिन जस्ता आयोगले ६० हजारभन्दा धेरै उजुरी सङ्कलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम टुङ्गोमा पुग्न नसकेको हो ।

भर्खरै प्रकाशित

your adv here