21.1 C
Kathmandu
Monday, February 16, 2026
Homeराजनीतिनेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

Date:

सम्बन्धित खबर

अध्यक्षमा गिता रेउले सर्वसम्मत

पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको...

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ।

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।

यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ। विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन्।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकाले आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताएका छन्।

‘विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव भएको छ, ती प्रस्तावमाथि बन्द सत्रमा आज पनि छलफल हुन्छ, त्यसैले हामी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं,’ उनले भने।

भर्खरै प्रकाशित

your adv here