24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeराजनीतिनेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ।

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।

यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ। विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन्।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकाले आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताएका छन्।

‘विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव भएको छ, ती प्रस्तावमाथि बन्द सत्रमा आज पनि छलफल हुन्छ, त्यसैले हामी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं,’ उनले भने।

भर्खरै प्रकाशित

your adv here