28.5 C
Kathmandu
Friday, April 17, 2026
Homeचलचित्रफिल्म ‘उपहार’को दोस्रो गीतको भिडियो सार्वजनिक,फागुन २५ गतेदेखि प्रदर्शन हुने

फिल्म ‘उपहार’को दोस्रो गीतको भिडियो सार्वजनिक,फागुन २५ गतेदेखि प्रदर्शन हुने

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘मुटुको ४ आना’बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी, विनोदकुमार पौड्याललाई देख्न सकिन्छ।

समीक्षा अधिकारी र महेन्द्र विकको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ। अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।
यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

भर्खरै प्रकाशित

your adv here