20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनअभिनेत्री दीपिका प्रसाईँ आमा बन्दै

अभिनेत्री दीपिका प्रसाईँ आमा बन्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले उनी आमा बन्न लागेको सार्वजनिक गरेका हुन् ।

निर्देशक भट्टराईले सामाजिक सञ्जालमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सन्तान प्राप्त गर्न लागेको जानकारी दिएका छन् । दीपिकाले पनि आफूहरू अभिभावक बन्न लागेको र सन्तान आउँदै गरेको उल्लेख गरेकी छन् ।

भट्टराईलेले सामाजिक संजालमा दीपिकाको एक तस्बिर सहित लेखेका छन्, ‘ तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया १ तिमी आमा बन्दैछौं अनि म बाबा । अनि म कति खुसी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौ । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो । माया जीवन भर तिमीसँगै यसै गरी हिँड्न पाईराखौँ । यही एउटा चाहना छ ।’ दिवाकरको पोस्टमा धेरैले बधाई दिएका छन् ।

दिवाकर र दीपिकाले ४ वर्षअघि विवाह गरेका थिए । केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका यी दुई पछिल्लो समय ‘मायावी’ फिल्मको काममा व्यस्त छन् ।

भर्खरै प्रकाशित

your adv here